अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

नवीनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई राष्ट्रपति भण्डारीको आग्रह

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:३६ मा प्रकाशित

 

राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानका माध्यामबाट प्राप्त ज्ञान तथा नवीनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुने गरी प्रतिभा विकास, पहिचान र उजागर हुने गरी राज्यका सबै निकायको ध्यान पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

आइतबार काठमाडौंमा एक कार्यक्रममा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुईतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मान गर्दै उहाँले सरकारले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रोत्साहन हुने गरी राष्ट्रिय पुररस्कारहरु स्थापना गर्दै गएकोमा खुसी पनि व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल परापूर्व कालदेखि नै खोज, अनुसन्धानको थलोको रूपमा रहेको स्मरण गराउँदै त्यस्ता खालको ज्ञान र विज्ञानको विकास गर्न सम्वद्ध निकायहरू उत्तिकै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धानको क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले सो पुरस्कारको पनि व्यवस्था गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू