अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र – सभापति देउवा

बिआरटीनेपाल २०७६ असोज १ गते ८:३३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ । पद्यकन्या क्याम्पसको ६९ औं बार्षिकोत्सवको आज काठमाडौमा उद्घाटन गर्दै उहाँले लामो संघर्षपछि प्राप्त उपलब्धिको संरक्षण गर्न सबै राजनीतिक दल एक हुनु पर्नेमा जोड दिनुभयो ।

लोकतन्त्रको सुदृढिकरण गर्दै जनचाहना अनुसारको काम गर्ने प्रतिवद्धता राजनीतिक दलले गर्नुपर्ने उल्लेख गर्दै सभापति देउवाले सरकारका कारण मुलुकमा अराजकता र भ्रष्टाचार मौलाउँदै गएको आरोप समेत लगाउनुभयो । मानव अधिकारको संरक्षण र प्रेस स्वतन्त्रताको लागि कांग्रेस प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । सभापति देउवाले महिला मैत्री संविधान निर्माण भएको र मुलुकको समृद्धिको लागि महिला पुरुषको समानता अनिवार्य रहेको आबश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू