अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२४ | Colorodo: 09:39

लोकतन्त्र र गणतन्त्र उल्ट्याउनको लागि चलखेल भएको प्रचण्डको भनाई

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:२६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको आरोप लगाउनुभएको छ । पार्टी मुख्यालय धुमवराहिमा सोमबार आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनलाई अपमानित गर्ने काम अमान्य हुने बताउनुभयो ।

सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन नसक्ने अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले निरंकुशतावादी र कुनै पनि नाममा प्रतिक्रियावादी शक्तिले मुलुकलाई फेरि निरंकुशताको जाँतोमा पिस्न दिने कुरा आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन प्रचण्डले सबैसँग आग्रह समेत गर्नुभयो ।

सुरेश वाग्ले कम्युनिष्टहरुको वैचारिक अग्रज र इमान्दार नेता भएको प्रचण्डले बताउनुभयो । राजनीतिक कुशलताद्वारा सबैलाई प्रभावित पार्न सक्ने नेताको रुपमा वाग्ले रहेको भन्दै वैचारिक अन्तरसंघर्षलाई ठीक ढंगले परिचालन गर्न वाग्लेले अग्रणी भूमिका खेलेको उहाँले स्मरण गर्नुभयो । अध्यक्ष प्रचण्डले सरकारले जनचाहना अनुसारको काम गर्न नसकेको भन्दै कम्युनिष्ट पार्टीलाई बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नभएको पनि प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू