अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

प्रधानमन्त्री ओलीद्वारा भिडियो कन्फेरेन्स् मार्फत मन्त्रीहरुसँग छलफल

बिआरटीनेपाल २०७६ भदौ १७ गते ८:०४ मा प्रकाशित

सिङ्गापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरुसँग छलफल गर्नुभएको छ । आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गर्नुभएको हो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिनु भएको र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

यसअघि पनि प्रधानमन्त्री ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत सिंगापुरबाटै मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । त्यसबेला विदेशबाट मन्त्रिपरिषद् बैठक गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । साथै, बैठकको वैधानिकता, गोपनियता र साइबर सुरक्षाबारे पनि प्रश्न उठाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू