अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

कालिकोटको छाप्रेमा भीषण पहिरो, दुई घर पुरिए, २५ जोखिममा , पहिरो जाने क्रम अझै जारी

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:३० मा प्रकाशित

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका (७ छाप्रेमा भीषण पहिरो गएको छ। गएराति अबिरल वर्षासँगै गाँउ माथिबाट हिरो आएपिछ स्थानीय गाउँ छाडेर भागेका छन्। पहिरोका कारणा तिलागुफा नगरपालिकाको वडा नं। ६, ७ र ८ का तीन वटा बस्तीहरु जोखिममा परेका छन्।

तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले पहिरोका कारण छाप्रे, डाँडको बस्ती बिस्थापित भएको जानकारी दिनुभएको छ । पहिरो अहिले पनि बगिरहेको र राति गाउँमा पहिरो पस्दा भागाभाग भएको शाहीको भनाई छ । पहिरोले पसेपनि मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । डाँढ गाउँका दुई घरमा पहिरो पसेको छ । टाकुल्लाको दुई कोठे घर पुरिएको छ ।

पहिरोले कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकखण्ड पनि अवरुद्ध भएको छ । कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन्। पहिरोग्रस्त क्षेत्रमा उद्धारका लागि तीन वटै सुरक्षा निकाय खटिएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डीएसपी दिलप्रसाद भट्टको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाली सेनाको पहिरो स्थलमा खटिएको छ।

डीएसपी श्यामबाबु ओलीयाले आफूहरुले पहिरोको जोखिममा परेका परिवारहरुको तथ्यांक संकलन, उनीहरुको बसोबासका लागि नगरपालिकासँग समन्वय गरिरहेको बताउनुभएको छ । उहाका अनुसार छाप्रेका २५ घरहरु तत्काल विस्थापित हुने अवस्थामा छन्। जोखिममा रहेका परिवारको घरमा रहेको सामानहरु सुरक्षित ठाँउ तिर लिने कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू