अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 00:17

सत्तारुढ नेकपाले टुंग्यायो कार्यविभाजन, स्कुल विभागमा ईश्वर पोखरेल, संगठन विभागमा वामदेव गौतम ( नामावली सहित) 

बिआरटीनेपाल २०७६ साउन ३१ गते ७:३५ मा प्रकाशित

सत्तारुढ (नेपाल कम्युनिष्ट पार्टी) नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो ।

लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेलले पाउनुभएको छ । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतमलाई दिईएको छ भने विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाउनुभएको छ । पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाउनुभएको छ भने नीति प्रतिष्ठान प्रमुखको जिम्मेवारी नेता झलनाथ खनाललाई दिईएको छ ।

बैठकमा नेता वामदेव गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव गरिएको छ । सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको थियो । अध्यक्षद्वयको उपाध्यक्ष पद सिर्जना गरेर त्यसमा गौतमलाई मनोनित गर्ने प्रस्ताव सविचालयले पनि स्वीकारेको छ । नेता गौतमपनि पार्टीको उपाध्यक्ष पदमा बस्न तयार रहेको बुझिएको छ ।

सचिवालय बैठकले प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय समेत गरेको छ । बैठकले प्रदेश १ मा शेरधन राई र नरेश कँडेल, प्रदेश २ मा नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मवारी दिएको छ भने प्रदेश ३ मा हितमान शाक्य र काशिनाथ अधिकारीलाई सहइन्चार्जको जिम्मेवारी दिईएको छ ।

त्यस्तै प्रदेश ४ मा किरण गुरुङ् र यशोधा सुवेदी गुरुङ्, प्रदेश ५ बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला, सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी र खगराज भट्टलाई सहइन्चार्जको जिम्मेवारी दिईएको छ ।

नेकपाका विभिन्न विभागका प्रमुख तथा उपप्रमुखहरुको नामावली

अर्थ तथा योजना विभाग
प्रमुख – सुरेन्द्र पाण्डे
उपप्रमुख – डोरप्रसाद उपाध्याय

उद्योग तथा वाणिज्य विभाग
प्रमुख – राधा ज्ञवाली
उपप्रमुख – वामदेव क्षेत्री

उपभोक्ता हित तथा आपूर्ति विभाग
प्रमुख – मातृका यादव
उपप्रमुख – बलराम बास्कोटा

कृषि तथा भूमिसुधार विभाग
प्रमुख – चक्रपाणी खनाल
उपप्रमुख – हरि पराजुली

कोष तथा आर्थिक व्यवस्थापना विभाग
प्रमुख – हरिबोल गजुरेल
उपप्रमुख – कृष्णगोपाल श्रेष्ठ

खानेपानी तथा सरसफाई विभाग
प्रमुख – बिना मगर
उपप्रमुख – ममता गिरी

जलश्रोत, सिंचाई तथा उर्जा विभाग
प्रमुख – बर्षमान पुन
उपप्रमुख – परशु मेघी गुरुङ

८, निर्वाचन विभाग
प्रमुख – प्रदीप ज्ञवाली
उपप्रमुख – खिमलाल देवकोटा

न्याय, कानुन तथा मानवअधिकार
विभाग
प्रमुख – रघुजी पन्त
उपप्रमुख – मुक्तिनारायण प्रधान

पर्यटन प्रवर्द्धन तथा नागरिक
प्रमुख – योगेश भट्टराई
उड्डयन विभाग
उपप्रमुख – पाशाङ शेर्पा

प्रचार तथा प्रकाशन विभाग
प्रमुख – नारायणकाजी श्रेष्ठ
उपप्रमुख – सूर्यबहादुर थापा

प्रादेशिक मामला विभाग
प्रमुख – घनश्याम भुसाल
उपप्रमुख – परशुराम तामाङ

पार्टी स्कूल विभाग
प्रमुख – ईश्वर पोख्रेल
उपप्रमुख – देवेन्द्र पौडेल

पुस्तकालय तथा अभिलेख विभाग
प्रमुख – नारायणप्रसाद शर्मा
उपप्रमुख – ज्ञानबहादुर भुजेल

भौतिक पूर्वाधार तथा यातायात
व्यवस्था विभाग
प्रमुख – रघुवीर महासेठ
उपप्रमुख – हरि अधिकारी

युवा तथा खेलकूद विभाग
प्रमुख – टोपबहादुर रायमाझी
उपप्रमुख – ठाकुर गैरे

राजकीय मामला तथा सुशासन विभाग
प्रमुख – रामबहादुर थापा
उपप्रमुख – गुरु बराल

बन तथा वातावरण विभाग
प्रमुख – शक्ति बस्नेत
उपप्रमुख – चुडामणी जंगली

विज्ञान तथा प्रविधि विभाग
प्रमुख – गणेश शाह
उपप्रमुख – अरुण नेपाल

विदेश मामला विभाग
प्रमुख – माधवकुमार नेपाल
उपप्रमुख – सुरेन्द्र कार्की

शिक्षा तथा मानवश्रोत विभाग
प्रमुख – गिरिराजमणी पोख्रेल
उपप्रमुख – विजय पौडेल

श्रम तथा रोजगार विभाग
प्रमुख – गोकर्ण विष्ट
उपप्रमुख – रामेश्वर राय यादव

संगठन विभाग
प्रमुख – वामदेव गौतम
उपप्रमुख – जनार्दन शर्मा

संघीय संसदीय विभाग
प्रमुख – सुवास नेम्वाङ
उपप्रमुख – देवप्रसाद गुरुङ

समाज कल्याण विभाग
प्रमुख – केशवलाल श्रेष्ठ
उपप्रमुख – गोपाल ठाकुर

सहकारी तथा गरिवी निवारण विभाग
प्रमुख – विष्णु रिमाल
उपप्रमुख – धर्मदत्त देवकोटा

शहरी विकास विभाग
प्रमुख – लेखराज भट्ट
उपप्रमुख – जगन्नाथ खतिवडा

सामान्य प्रशासन विभाग
प्रमुख – लालबावु पडिण्डत
उपप्रमुख – रेखा शर्मा

साहित्य, कला तथा संस्कृति विभाग
प्रमुख – मणी थापा

स्थानीय तह विभाग
प्रमुख – युवराज ज्ञवाली
उपप्रमुख – उर्मिला अर्याल

स्वास्थ्य तथा जनसंख्या विभाग
प्रमुख – राजेन्द्र पाण्डे
उपप्रमुख – अञ्जना विसंखे

नीति अनुसन्धान प्रतिष्ठान
संयोजक – झलनाथ खनाल
सहसंयोजक – रामचन्द्र झा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू