अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

दिवंगतको सम्झनामा गाईजात्रा मनाईदै

बिआरटीनेपाल २०७६ साउन ३१ गते २:४२ मा प्रकाशित

दिवंगत आफन्तको स्मृतिमा गाईको प्रतीक तथा विभिन्न झाँकी प्रदर्शन गरेर मनाइने चाड गाईजात्रा शुक्रबारबाट निकालिँदैछ ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराज मात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन राजा प्रताप मल्लले गाईजात्रा शुरू गरेको इतिहासमा उल्लेख छ ।

राजाले वर्ष दिनभित्र आफन्त मरेकाले गाईको झाँकी प्रदर्शन गर्नु भनी उर्दी दिएपछि यो जात्रा मनाउन थालिएको भनिन्छ । काठमाडौं, पाटन र भक्तपुरका दरबार क्षेत्र परिक्रमा गरेर यो जात्रा मनाउने चलन छ । पोखरा, ओखलढुङ्गा, भोजपुर, सुनसरीको धरान, बागलुङ, पाल्पालगायतका नेवार बसोबास भएका क्षेत्रमा पनि यो जात्रा मनाउने गरिन्छ ।

यसै दिन व्यङ्ग्यात्मक प्रदर्शन, प्रहसन तथा प्रकाशनहरूमा व्यङ्ग्यपूर्ण रचना प्रकाशित गर्ने चलन छ । विशेषगरी नेवार समुदाय बसोबास गर्ने विभिन्न जिल्लामा गाईजात्रा मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू