अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले बेहोर्ने

मन्त्रिपरिषद् बैठक: आठ नागरिकता रद्द,सशस्त्र एआइजी सरुवा

बिआरटीनेपाल २०७६ साउन १९ गते ९:५२ मा प्रकाशित

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्नुहुने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषद् बैठकको यही साउन १६ गते भएको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बास्कोटाले भन्नुभयो, “प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको खर्च आफैँले बेहोर्नुहुनेछ, भ्रमण टोलीको आवतजावतको टिकट खर्च मात्रै सरकारले बेहोर्छ । भ्रमणका सदस्यमध्ये कर्मचारी संयन्त्रका बाहेकका सहयोगीको ‘टिएडिए’ स्वीकृति गरिएको छैन”, सञ्चारमन्त्रीले भन्नुभयो ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्दै स्वास्थ्य लाभको पनि कामना गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिवार राति सिङ्गापुर प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने कार्यक्रम छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू