अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

प्रधानमन्त्री ओली स्वास्थोपचारका लागि सिंगापुर प्रस्थान

बिआरटीनेपाल २०७६ साउन १८ गते १०:०३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको छ । नेकपाका अध्यक्षसमेत रहेका ओली शनिवार राति पौने १० बजे सिल्क एयरको विमानबाट सिंगापुर जानुभएको हो । उहाँले सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउने कार्यक्रम छ ।

एक सातासम्म सिंगापुरमा बसेर स्वास्थ्य जाँच गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, डा. दिब्यासिंह शाह, स्वकीय सचिव रमेश बज्राचार्य लगायत सिंगापुर जानुभएको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा चिनीको मात्रा तलमाथि भएको पाइएको छ । नियमित औषधि सेवनसँगै अनिदो बस्न नहुने, न्यूनतम् सात घण्टा सुत्नु र धपेडीबाट बच्न चिकित्सकले सुझाव दिँदै आएका छन् । तर, प्रधानमन्त्री ओलीले धपेडी बढी गरेपछि उहाँको स्वास्थ्यमा समस्या देखिँदै आएको छ ।

प्रधानमन्त्री ओलीले मृर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेको छ । त्यसमा समेत केही जटिलता देखा परेकाले उहाँ उपचारका लागि सिंगापुर जानुभएको हो । यसअघि पनि प्रधानमन्त्रीले दिल्ली र थाइल्यान्ड पुगेर उपचार गराउँदै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू