अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

मंसिर १४ गते उपनिर्वाचन हुने

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:१० मा प्रकाशित

निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति तय गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

उपनिर्वाचनको मिति घोषणा गर्नु अघि निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलसँग परामर्श गरेको थियो । तेस्तै, स्थानीय तहका रिक्त स्थानमा पनि मंसिर १४ गते नै उपनिर्वाचन गर्ने सरकारले घोषणा गरेको छ ।

स्थानीय तहको उपनिर्वाचनको मिति घोषणा निर्वाचन आयोगसँगको परामर्शमा सरकारले गर्ने स्थानीय तह निर्वाचन–२०७३ मा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू