अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

“विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेका छौं” – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ साउन १० गते ९:२४ मा प्रकाशित

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको बताउनुभएको छ । सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको उहाँको भनाई थियो ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’ को दुई दिने सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद निर्माणका लागि क्युबाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रसंसा गर्नुभयो । क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिस्टहरुको आदर्श भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिस्ट पार्टीहरुले आफूलाई अघि बढाएको पनि प्रचण्डको भनाई थियो ।

क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाइ विश्वभरकै कम्युनिस्टहरुका लागि आदर्श बनिरहने उहाको दाबी छ । प्रचण्डले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अब समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू