अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

बेल्जियममा छात्रवृत्ति सहयोगार्थ बार्बिक्यू कार्यक्रम सम्पन्न

वाई. बी. गुरुङ २०७६ साउन ८ गते ९:२६ मा प्रकाशित

बेल्जियम — बेल्जियमको नेपाली डायस्पोरामा पुरानो र शकृय सामाजिक संस्था तमु समाज बेल्जियमको आयोजनामा गृष्मकालीन समर बार्बिक्यू कार्यक्रम विशेष उद्देश्यका साथ सम्पन्न भएको छ ।

नेपालका गरिब तथा जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य अनुसार आयोजना गरिएको उक्त कार्यक्रममा बेल्जियम लगायत अन्य देशका व्यवसायी,कलाकार,समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

तमु समाज, बेल्जियमकी अध्यक्ष नन्दा कुमारी गुरुङको अध्यक्षता गैर आवासीय नेपाली सङ्घ केन्द्रीय सचिव जानकी गुरुङको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा बेल्जियम निवासी ज्येष्ठ नागरिक क्या.जोग बहादुर गुरुङ, आइसिसी सदस्य पदम गुरुङ तथा गैर आवासीय बेल्जियमका वरिष्ठ उपाध्यक्ष कमल पन्थी, आदिवासी जनजाति महासङ्घ, बेल्जियमका उपाध्यक्ष होम गुरुङ लगायतका विशेष अतिथिहरूको उपस्थिति रहेको थियो भने अतिथिका रूपमा चर्चित कलाकार नलिना चित्रकार, गणेश गुरुङ, यम कुमारी गुरुङ आदि लगायतका पाहुनाहरूको उपस्थिति रहेको थियो ।

नेपालको राष्ट्रिय गीत र गुरुङ राष्ट्रिय गीत बजाएर सुरु गरिएको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक ओमराज गुरुङले स्वागत मन्तव्य राखेका थिए । तमु समाजले हरेक वर्ष गर्दै आएको गृष्मकालीन बार्बिक्यू कार्यक्रम रमाइलोका लागि मात्र नभै पृथक् उद्देश्य सहित गरिने यस्ता कार्यक्रमको सबैले प्रशंसा गरेका थिए । कार्यक्रममा पुरुष ठेलो प्रतियोगितामा प्रथम र दोस्रो हुने सुर वीर गरुङ्ग र दिनेश गुरुङलाई पुरस्कार प्रदान गरिएको थियो भने बेल्जियममा बसेर विभिन्न तहमा अध्ययन गर्ने बालबालिकाहरूलाई हौसला स्वरूप कार्यक्रमका प्रमुअ अतिथि,विशेष अतिथिहरुद्धारा प्रमाण—पत्र तथा खतक प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा बेल्जियम स्थित कृयाशिल विभिन्न सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन समाजकी महासचिव अनिता घले गुरुङले गर्नु भएको थियो । 

सम्बन्धित सामग्रीहरू