अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

तमु समाज बेल्जियमको १९औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

वाई. बी. गुरुङ २०७६ असार १३ गते ६:४६ मा प्रकाशित

बेल्जियम, तमु समाज बेल्जियमले आफ्नो १९ औँ स्थापना दिवस एक भव्य कार्यक्रम गरी बेल्जियमको अन्त्वेर्पेन सहरमा भव्य रूपमा सम्पन्न गरेको छ । तमु समाज बेल्जियमकी अध्यक्ष श्रीमती नन्द कुमारी तमुस्योको सभापतित्वमा, पूर्व अध्यक्ष श्री कुमार तमु, जे पु.अ. श्री बालेन्द्र तमु पु.अ.श्री पदम प्रवासी तमु, निवर्तमान अध्यक्ष श्री जीवन तमु, ज्येष्ठ अभिभावक श्रीमती दिल कुमारी तमुस्यो, विशेष उपस्थिति एन.आर.एन.ए. केन्द्रीय सचिव श्रीमती जानकी तमुस्यो र समाजका संरक्षक तथा एन.आर. एन.ए. लग्जम्वर्गका अध्यक्ष श्री नारायण तमु लगायत तमु समाज बेल्जियमका आजीवन सदस्य श्री रतन तमु, श्री प्रदीप घले, सल्लाहकारहरू, तमु समाज पोर्चुगलका सदस्य श्री हिरा काजी गुरुङ लगायत तमु दाजुभाइ तथा दिदीबहिनीहरूको संयुक्त उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

तमु समाज बेल्जियमकी अध्यक्ष, पूर्व अध्यक्षहरू, केन्द्रीय सचिव, संरक्षकद्वारा दीप प्रज्वलन गरी संयुक्त रूपमा कार्यक्रमको उद्धघाटन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष श्री गङ्गा बहादुर गुरुङले गर्नु भएको थियो भने शुभकामना मन्तव्य दिने क्रममा सल्लाहकार चोक राज तमु, लगायत आजीवन सदस्य, संरक्षक, केन्द्रीय सचिव पूर्व अध्यक्ष द्वारा समाजको उत्तर उत्तर प्रगतिको कामना गर्दै शुभ कामना मन्तव्य दिएका थिए ।

समाजको विविध कार्यक्रमहरू गर्न र उद्देश्य पुरा गर्न तमु समाजको आफ्नै भवन निर्माण गर्ने योजनाको अनुरूप उक्त कार्यका लागि समाजका पूर्व अध्यक्ष श्री कुमार तमुलाई सम्पूर्ण जिम्मेवारी सहित भवन निर्माण तथा खरिद समितिको प्रमुखमा नियुक्ति गरिएको छ ।

हरेक वर्ष २५ जूनलाई तमु समाज बेल्जियमको स्थापना दिवसका रुमा मनाई दै आएको छ । सन २००० जून २५ तारिख बेल्जियममा यो समाजको स्थापना गरिएको थियो भने बेल्जियमको नेपाली डायस्पोरामा सबै भन्दा पुरानो र पहिलो सामाजिक संस्था तमु समाज, बेल्जियमलाई मानिन्छ ।

कार्यक्रममा कमल तमु, विकास तमु, राजा कुमार तमुलगायत सम्पूर्ण तमु परिवारहरूले मनोरञ्जन गरेका थिए भने उकत कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई संस्थाको तर्फबाट धन्यवाद स्वरूप संस्थाकी अध्यक्ष नन्द कुमारी तमूस्योले खतक लगाएर सम्मान गर्नु भएको थियो भने कार्यक्रम समाजकी महासचिव अनिता घलेले सञ्चालन गर्नु भएको थियो । 

सम्बन्धित सामग्रीहरू