अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

तमु समाज पोर्चुगलको अध्यक्षमा विकास गुरुङ

वाई. बी. गुरुङ २०७६ साउन ७ गते २३:०९ मा प्रकाशित

लिस्वोन— पोर्चुगलको नेपाली डायस्पोरामा सन २००८ मा स्थापना भएको सामाजिक संस्था तमु समाज, पोर्चुगलले आगामी (२०१९—२०२१) दुई वर्षे कार्यकालका लागि विकास गुरुङको नेत्रुत्वमा नयाँ कार्य समितिको चयन गरेको छ ।

राजधानी लिस्वोन स्थित वेलाभिष्टा पार्कमा आयोजित “ रि च्हमी क्यैँ पिवा ” सामूहिक चेलीबेटी भोज” कार्यक्रमको अवसर पारेर समाजको नयाँ कार्य समितिको चयन गरिएको हो ।

विशेष गरी तमु संस्कारको रूपमा प्रचलित रहेको वर्षको मनसुन सुरु हुनु पूर्व आफ्ना चेलीहरूलाई माइतीघर बोलाएर उनीहरूको सुख, दुःखका बारेमा जानकारी लिने दिने र उनीहरूको सम्मान र आर्शिबाद स्वरूप गाउँका सबै भेला भई “रि च्हमी क्यैँ पिवा ” सामूहिक भोज गर्दै रमाइलो गर्ने पुरानो परम्परालाई पोर्चुगलमा बस्नो तमुहरूले समाजको स्थापना देखी निरन्तरता दिँदै आएको छ ।

विभिन्न किसिमका खानाका परिकारहरू र नाचगान गरी मनाइने यो परम्परा विशेष गरी तमु समुदायमा प्रचलित परम्परा मध्ये एक हो ।

को हुन विकास गुरुङ ?
पोखरा स्थायी घर भई विगत १७ वर्ष सम्म युरोपको राजधानी बेल्जियम बसोबास गरी हाल विगत २ वर्ष देखी श्रीमती र एक छोरा सहित पोर्चुगलमा ब्यावसाय गर्दै आउनु भएका मृदुभाषी, मिलनसार, लजालु, सहयोगी भावना भएका गुरुङ तमु समाज पोर्चुगलको छैटौँ अध्यक्ष हुन । 

सम्बन्धित सामग्रीहरू