अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

पोर्चुगलमा २६६३औँ बुद्ध जयन्ती सम्पन्न

वाई. बी. गुरुङ २०७६ जेठ ५ गते ९:२६ मा प्रकाशित

राजधानी लिस्वोनमा धर्म लामा गुरुहरूद्वारा विधिवत पूजा गरी एक बृहत् शान्ति ¥याली सहित २६६३औँ बुद्ध जयन्ती मनाइयो ।

लिस्वोनका लागि नेपाली अवैतनिक बाणीज्यदूतको कार्यालय तथा पर्यटन दूत रमेश कुमार गुरुङ, चेम्बर अफ कमर्सका प्रतिनिधि शम्भु गौतम, गैर आवासीय नेपाली सङ्घ, आदिवासी जनजाति महासङ्घ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली नारी समाज, तमु समाज, तामाङ समाज, शेर्पा एसोसिएसन, मगर समाज, बाग्लुङ्ग समाज, तनहुँ समाज, विहुँकोट सहयोग नेटवर्क, म्याग्दी समाज (मोना), किारात याक्थुङ्ग चुम्लुङ्ग, महिला समाज, लगायतका विभिन्न सङ्घ संस्थाका ब्यानर, बुद्धका तस्बिर सहित बुद्धका विभिन्न वाणीहरू लिखित प्लेकार्ड सहित राजधानी लिस्वोनको प्रासा दि कर्मेसियोबाट सुरु गरिएको उक्त शोभा यात्रा मार्टेमुनिज पार्कमा गएर विसर्जन गरिएको थियो ।

हरेक वर्ष बुद्ध पूर्णिमाका दिन मनाईदै आएको बुद्ध जयन्तीकार्यक्रममा कार्यक्रम आयोजक तथा लिस्वोनका लागि नेपाली अवैतनिक बाणीज्यदूत मकर बहादुर हमाल, नेपाली पर्यटन दूत रमेश कुमार गुरुङ,गैर आवासीय नेपाली सङ्घ,पोर्चुगलका अध्यक्ष कुवेर कार्की र आदिवासी जनजाति महासङ्घ,पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले कार्यक्रममा उत्साहजनक सहभागी जनाउने विभिन्न सङ्घ संस्था लगायत सम्पूर्ण नेपाली तथा विदेशीहरूलाई धन्यवाद दिएका थिए । 

सम्बन्धित सामग्रीहरू