अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

पार्टी एकता नाटकीय हैन– प्रचण्ड

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:०६ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता नाटकीय रुपमा नभएको प्रष्ट पार्नुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक प्रयोगका ठुला ठुला घटनाहरु छिचोल्दै, असाधारण परिघटनाबाट अहिलेसम्मको स्थितिमा आएको बताउनुभयो ।

पार्टी एकता हुनै सक्दैन भन्नेलाई एकता गरी देखाएको उल्लेख गर्दै उहाँले अब पार्टी एकतालाई पूर्णता दिनुपर्ने ठहर गर्नुभयो । अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएका कमी कमजोरी सच्याउने संकल्प गर्नुपर्नेमा जोड समेत दिनुभएको छ । नेताहरुबीच आलोचना, विरोध र निषेध भएका कुरा मात्रै बाहिर चर्चामा रहेको उल्लेख गर्दै उहाँले पार्टीलाई अहिलेको अवस्थासम्म ल्याउन भएका संवाद र छलफलका कुरा धेरैलाई थाहा नभएको टिप्पणी गर्नुभयो ।

स्मृति सभाअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललगायतका शीर्ष नेताले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू