अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

सत्तारुढ नेकपाको एकता प्रक्रिया टुंगियो

बिआरटीनेपाल २०७६ असार ३१ गते ९:४१ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया टुंगिएको छ। नेकपाका महासचिव विष्णु पौडेलले एकता प्रक्रियाका सम्पूर्ण गृहकार्य सम्पन्न भएको बताउनुभयो । बालुवाटारमा शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पौडेलले एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको जानकरी गराउनुभयो । गृहकार्यको निष्कर्ष छिट्टै बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने र आवश्यक निर्णय गरेर कार्यान्वयनमा जाने उहाको भनाई थियो । एकताका सम्पूर्ण विषयमा गृहकार्य सकिएको महासचिव पौडेलले बताउनुभयो ।

एकता प्रक्रिया टुंग्याउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताबीच ४ घण्टा लामो छलफल भएको थियो। शीर्ष नेताको सहमतिमा यसअघि नै राजनीतिक प्रतिवेदन पारित गरेर प्रकाशनार्थ पठाइ सकिएको छ । केन्द्रीय निकाय तथा विभाग तथा जनवर्गीय संगठनको कार्यविभाजन विषयमा पनि गृहकार्य टुंग्याएको महासचिव पौडेलले बताउनुभयो ।

एकताअन्तर्गत सम्पूर्ण नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी प्रदान गरिने निर्णय समेत भएको र यसको विस्तृत विवरण आउँदो सचिवालय बैठकपछि सार्वजनिक गरिने पौडेलले जानकारी दिनुभयो । यसअघि ललितपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले आजै एकता प्रक्रिया टुंगिने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू