अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

नेकपाको एकता लगभग टुंगियो, अध्यक्षद्धय प्रचण्ड र ओलीले अन्तिम दस्तावेज बनाउदै

बिआरटीनेपाल २०७६ असार २८ गते ०:५५ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लगभग टुंगिएको छ । एकताको अन्तिम रुपलाई अहिले दस्तावेज बनाउने काम भईरहेको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकीकरणका सबै प्रक्रिया टुङग्याउनेबारे सहमति नजिक पुग्नु भएको छ ।

विगत केही दिनदेखी निरन्तर छलफलमा जुटिरहनु भएका अध्यक्षद्वयविच अधिकाशं विषयमा सहमति जुटिसकेकाले त्यसलाई दस्तावेज बनाउने काम भईरहेको नेताहरुले जानकारी दिनु भएको छ । केही दिनअघि प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले यसै आर्थिक वर्षभित्र एकता टुंगोमा पुग्ने घोषणा गर्नुभएको थियो ।

जिल्ला इन्चार्ज, सहइन्चार्ज, पोलिटब्युरो गठन, केन्द्रीय नेताहरुको कार्य्विभाजन लगायतका विषयमा सहमति जुट्न बाँकी रहेको छ । पार्टी एकीकरणको सबै प्रक्रिया असारभित्रै टुङग्याएर नेताहरुको जिम्मेवारी बाँडफाँडबारे दुई अध्यक्ष सहमति नजिक पुगेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

लामो समयसम्म पनि एकीकरण प्रक्रिया नटुंगिएको भन्दै नेता कार्यकर्ताले आक्रोश पोख्दै आएपछि अध्यक्षद्वय निरन्तर छलफलमा जुटिरहनु भएको छ । उहाहरुविच आज (शनिवार) पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने महासचिव पौडेलले बताउनुभयो । नेता सुभास नेम्वाङले पनि एकीकरणलाई असारभित्रै टुङग्याउने गरि दुई अध्यक्ष छलफलमा जुटेको बताउनुभयो ।

नेकपा स्रोतका अनुसार ३० गते सचिवालय बैठक बोलाएर सहमतिको दस्तावेजलाई अनुमोदन गराइने छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल श्रीलंका भ्रमणमा रहेको र उहा आइतवार स्वदेश फर्किने कार्यक्रम रहेको छ । उहा फर्किने वितिकै शिर्ष नेताहरुविच पुनः एक चरणको छलफल हुनेछ । त्यसमा सहमति जुटेलगत्तै सचिवालय बैठक बोलाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू