अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

प्रधानमन्त्रीज्यू मन्त्रीहरुलाई सम्हाल्नुस्– कांग्रेस प्रवक्ता शर्मा

बिआरटीनेपाल २०७६ असार २६ गते ८:१० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीलाई सम्हाल्न आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउनुभएको थियो ।

बाँस्कोटाले विप्लवको सहारा लिएर सरकारमाथि कांग्रेसले प्रश्न उठाउने गरेको आरोप लगाउनुभएको थियो । उहाँले दिनभर बीपी र रात परेपछि विप्लव हो भन्दै कांग्रेसलाई व्यंग्य गर्नुभएको थियो । बाँस्कोटाको धारणा सार्वजनिक भएपछि प्रवक्ता शर्माले ट्वीट गर्दै प्रधानमन्त्री र सञ्चारमन्त्रीको भूमिकाप्रति प्रश्न उठाउनुभएको छ । प्रधानमन्त्रीले संसदमै असंसदीय शब्द बोल्ने गरेको उल्लेख गर्दै शर्माले मन्त्रीको संस्कारको अपेक्षा कसरी गर्ने भन्दै प्रश्न समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू