अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२ | Colorodo: 20:57

सिंगापुर गोर्खामाथि विभेद

बिआरटीनेपाल २०७६ असार २६ गते १४:५३ मा प्रकाशित

१९४९ देखि पेन्सन नबढाउनेलाई छाड्दैनौं

न्यू योर्क । अवकासपछि अमेरिका आइपुगेका भुपु सिंगापुर गोर्खा पुलिसहरुले आपूmहरुमाथि चरम विभेद भएको बताएका छन् । उनीहरुले आफ्नो पेन्सन १९४९ देखि नबढेको, भारतीय र बेलायती भुपुजस्तो आफ्नो मृत्युपछि श्रीमति र नाबालक सन्तानले पेन्सन सुविधा नपाउने, अवकासपछि घुम्न सिंगापुर जाँदा समेत अध्यागमनमा अपमानपूर्ण ब्यबहार हुने, अवकाससँगै आपूm र आफ्नो परिवारले सिंगापुर छाड्नुपर्ने, सन्तानले सिंगापुरमा बस्न र अध्ययन गर्न समेत नपाउने जस्ता विभेद रहेको बताएका छन् ।

‘नेपाल, भारत र बेलायतको त्रिपक्षीय सन्धी अनुसार नै वेलायतीहरुले हामीलाई सिंगापुर पठाएका हुन्,’ न्यू योर्कमा आइतबार आयोजित एक भेलामा भुपु सिंगापुरेहरुको संयुक्त भनाइ थियो, ‘तर हामीलाई भुपु भारतीय गोर्खा र भुपु बेलायती गोर्खाबराबर अधिकार र सुविधा छैन् ।’

सिंगापुर गोर्खालाई अति संवेदनशील र अति जोखिमयुक्त स्थानमा खटाइन्छ । त्यसका वावजुद गोर्खा गोर्खा कन्टिजेन्टमा भएको असमान तलवी संरचनाका कारण गोर्खा मेजरले सिंगापुरे गोर्खाको समस्या कहिल्यै सिंगापुर सरकारसमक्ष नराखेको भुपु सिंगापुरे रमेशचन्द्र राईले बताए । ‘तल्लो तहका भुपुको पेन्सन ४० हजारजति हुन्छ । गोर्खा मेजरको २ लाख हाराहारी हुन्छ ।,’ उनले भने, ‘त्यसकारण हाम्रो समस्या राख्यो भने आपूmपनि समस्यामा पर्छु की भन्ने डरले गोर्खा मेजर थरर्र काम्छ ।’
उनले सिंगापुरे गोर्खाको न्यायका लागि सबैभन्दा पहिला गोर्खा कन्टिजेन्टका मेजरसँगै लडाइ गर्नुपर्ने बताए । ‘हाम्रो समस्या सिंगापुर सरकारसमक्ष पुगे तत्काल सम्बोधन हुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘तर, गोर्खा मेजरले हाम्रा माग पटक पटक फोहोरको ढ्वाङमा फाल्ने गरेका छन् ।’ 

के भन्छन् त भुपु सिंगापुरे ? भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया