अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

संसद्मा कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध यथावत्, असार ३० गतेसम्मको लागि बैठक स्थगित

बिआरटीनेपाल २०७६ असार २५ गते ९:५१ मा प्रकाशित

संघीय संसद्को प्रतिनीधिसभामा प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध यथावत रहेको छ । दुई पार्टीको अवरोधका बीच १० मिनेट संचालन भएर बुधबारको संसद् बैठक सकिएको छ । राष्ट्रिय सभाबाट मंगलबार पारित अर्थ सम्बन्धी चार विधेयक प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी गराएपछि असार ३० गते बस्ने गरी आजको बैठक सकिएको हो ।

दिउँसो १ बजेदेखि सुरु हुने भनिएको बैठक दिउँसो २ः२६ मा सुरु भएर २ः३६ बजे अन्त्य भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउन साथ कांग्रेस र राजपाका सांसदले उठेर विरोध गरेका थिए । महराले पटकपटक सीट बस्न आग्रह गर्दा पनि विपक्षीको विरोध जारी भएसँगै उहाँले बैठकको कारवाही अघि बढाएपछि कांग्रेस र राजपा नाराबाजी गर्दै बेलको नजिक पुगेका थिए ।

नाराबाजीकै क्रममा सभामुखले राष्ट्रियसभाबाट पारित चार विधेयक बारे जानकारी गराउन सचिव योगीलाई आग्रह गर्नुभयो । योगीले चार विधेयक पढेर पारित भएको सुनाएपछि सत्तापक्षका सांसदहरुले ताली बजाएर समर्थन गरेपछि सभामुखले अर्को बैठक ३० गते दिउँसो १ बजे बस्ने गरी सकिएको संसद्लाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू