अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९
| Colorodo: 14:34
पत्रकारको नाकको डाँडी भाँच्छु भन्ने अभिव्यक्तिका कारण चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर चलाउनुभएको छ । पूर्व पश्चिम राजमार्गमा रहेको उहाँको घरको पर्खाल सार्वजनिक जग्गामा परेपछि मंगलबार मेयर चौधरीले आफ्नै घरमा डोजर चलाउनुभएको हो ।
मेयर चौधरीले यस अघि सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउने अभियान चलाएपछि सामाजिक सञ्जालमा उहाँको घरपनि सार्वजनिक जग्गामा परेको भन्दै चर्को विरोध भएको थियो ।