अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

२० कूटनीतिज्ञको अनुभव पुस्तकको रुपमा सार्वजनिक

बिआरटीनेपाल २०७६ असार २४ गते ८:०३ मा प्रकाशित

पत्रकार एवं नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सम्पादन गरेको “नेपालको कूटनीतिक अभ्यास, राजदूतहरुको अनुभव” सार्वजनिक भएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाश गरेको पुस्तक मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गर्नुभयो । पुस्तकमा विभिन्न कालखण्डमा नेपालको राजदूतका रुपमा काम गरेका २० जना पाका कुटनीतिज्ञको अनुभव समावेश गरिएको छ ।

पुस्तक सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले किताबमार्फत नेपालको कुटनीतिक इतिहास उजागर भएको बताउनुभयो । असजिलो अवस्थामा पनि कुटनीतिज्ञहरुले कसरी काम गर्नुपर्छ भन्ने मार्गदर्शन पुस्तकले गरेको ज्ञवालीको भनाई छ । मन्त्री ज्ञवालीले पुस्तकले कुटनीतिक क्षेत्रमा भए गरेका कामहरुलाई दस्तावेजी करण गर्ने महत्वपूर्ण काम सुरुवात भएको दाबी समेत गर्नुभयो ।

पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले पुस्तकमा नेपालको पाँच दशकको कुटनीतिक अनुभव समावेश भएकाले बहुउपयोगी हुने बताउनुभयो । पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार युवराज घिमिरेले दलीय अंशवण्डाबाट भन्दा पनि राजदूतहरु राष्ट्रिय स्वार्थलाई ध्यान दिएर नियुक्त गर्नुपर्ने उल्लेख गर्नुभयो । पुस्तकमाथि पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले समेत टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू