अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

नेकपाको बहु–प्रतीक्षित राजनीतिक प्रतिवेदन – ओली–प्रचण्ड सहमति

बिआरटीनेपाल २०७६ असार २२ गते १०:१३ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ । प्रधानमन्त्री समेत रहनु भएका ओलीसँग आइतबार बिहान एक वर्ष अघि नै पार्टीका शीर्ष नेताबीचको सर्वसम्मतिमा तयार पारिएको राजनीतिक प्रतिवेदन भोली (सोमबार) नै प्रकाशनमा लैजाने गरी सहमति गरिएको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

उहाँले प्रतिवेदन प्रकाशनमा लैजाने सहमति पार्टी एकीकरणको सबैभन्दा ठूलो काम भएको उल्लेख गर्दै खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रकाशन भएर आएपछि त्यसले पार्टीको आधिकारिक धारणा सम्बन्धी अन्यौल अन्त्य हुने पनि बताउनुभयो । पार्टी निकट नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठनद्वारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी अधिवेशन एकताको महाधिवेशन हुने र महाधिवेशनमा विचार, राजनीति र नेतृत्वको विषय सहमति र समझदारीमै टुंगो लगाउने उल्लेख गरिएको दावी गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकता संक्रमणकालमै रहेकाले नीति निर्माण र नेतृत्व चयनमा गम्भीर भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले अहिलेका लागि नेतृत्व चयन अल्पमत र बहुमतको आधारमा नहुने भएकाले सोही अनुसार संगठनहरुको नीति र नेतृत्व चयन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । शासनमा पुगेपछि कम्युनिष्ट नेतृत्वको सरकारको लोकप्रियताको ‘ग्राफ’ घटेर जाने गरेको देखिएको उल्लेख गर्दै प्रचण्डले चुनौतिलाई सामना गरेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू