अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

मुलुकभर मनसुन सक्रिय, बाढी पहिरोको संभावना, सतर्क रहन आग्रह

बिआरटीनेपाल २०७६ असार २२ गते ९:५० मा प्रकाशित

मुलुकभर मनसुन सक्रिय हुन थालेको छ । मनसुनको सक्रियतापछि देशभरका प्रायः ठाउँमा मौसम बदली भएर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आईतबारबाट देशैभर मनसुन थप सक्रिय भएको महाशाखाका अनुसार मंगलबारसम्म देशका सम्पूर्ण भूभागमा मेग गर्जनसहित वर्षा हुने बताइएको छ ।

यसैबीच, बाढी पूर्वानुमान विभागले आइतबार देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहनसमेत आग्रह गरेको छ । आगामी ३ दिन सम्म देशका प्रमुख नदीहरू कोशी, गण्डकी र कर्णालीमा बहाब बढ्ने र बाढी पहिरोको सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको हो । साना नदी तथा उप–जलाधारहरू साना खोलानालाहरूमा बहाब सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विभागले देशको पश्चिमी जिल्लाहरू डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार गत २४ घण्टामा काठमाण्डौं उपत्यकामा सबैभन्दा धेरै पानी परेको छ भने सबैभन्दा कम पानी नेपालगन्जमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू