अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

समाजवादी पार्टी छाडेर पुर्वमन्त्री धमला सहितका नेता कार्यकर्ता नेकपामा प्रवेश

बिआरटीनेपाल २०७६ असार २० गते ९:४२ मा प्रकाशित

पूर्वमन्त्री कल्पना धमला लगायतका नेता कार्यकर्ताहरु डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज बिहान स्वागत गर्नुभयो ।

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीको एकता सम्मानजनक नभएको बताउँदै आएकी धमला नेकपामा प्रवेश गर्नुभएको हो । पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँलगायत केही व्यवसायी र गोरखाका नेता/कार्यकर्तासहित २० जना नेकपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू