अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

‘केरमेट गरी पासफेल गराउने’ त्रिवि सेवा आयोगका अध्यक्ष शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा

बिआरटीनेपाल २०७६ असार १८ गते १०:०२ मा प्रकाशित

प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आफन्त मान्छेहरुलाई उत्तीर्ण गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अध्यक्ष शर्मा, सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह–प्राध्यापक राजेश्वर न्यौपाने, सह–प्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्रीविरुद्ध मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू