अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु

बिआरटीनेपाल २०७६ असार १५ गते ९:१७ मा प्रकाशित

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको आईतवार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा बेरोजगारी र गरिबी अन्त्य हुने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

रोजगार प्रवद्र्धन गर्नका लागि शिक्षा नीतिमा परिवर्तन गरी कृषिको आधुनिकीकरणमा जोड दिन सरकार लागिपरेको प्रधानमन्त्रीको भनाई थियो । शैक्षिक प्रमाणपत्रले रोजगारी सिर्जना गर्दै समस्या समाधान गर्नसक्ने हुनुपर्ने उहाको भनाई थियो । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै कृषिमा संलग्न श्रमिकको सिप विकास गरी उद्योग, सेवा र व्यापारको क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार आन्तरिक रोजगारी सिर्जनामा लागि परेको भन्दै वैदेशिक रोजगारीलाई पनि व्यवस्थित बनाइने बताउनुभयो । सन् २०३० सम्ममा ६८ लाख व्यक्तिलाई रोजगारी दिने गरी श्रम र उत्पादनलाई जोड्न सम्मेलनले सहयोग पु¥याउने मन्त्री विष्टको भनाई थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा श्रम तथा रोजगारका क्षेत्रमा सरकारले चाल्नुपर्ने कदम, निर्माण गर्नुपर्ने ऐन, कानून, नीतिलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा श्रम, रोजगार क्षेत्रका चुनौती, रोजगारी तथा सीपको सम्भाव्य क्षेत्र पहिचान गर्ने विषयमा पनि छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, विभिन्न ट्रेड युनियन, श्रम तथा रोजगार क्षेत्रका विज्ञ, विकासका साझेदार र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू