अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

ओली नेतृत्वको सरकार ढाल्ने कांग्रेस सभापति देउवाको उद्घोष

बिआरटीनेपाल २०७६ असार १३ गते ९:३८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई ढाल्ने उद्घोष गर्नुभएको छ । स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले सरकार असफल भएको महसुस जनताले गरिसकेकाले अब कांग्रेसले सडक र सदनबाट आन्दोलन छेड्ने तयारी गरिसकेको बताउनुभयो ।

मानवअधिकार आयोगमा समेत सरकारले हस्तक्षेप गरेको बताउँदै सभापति देउवाले सरकार तानाशाही शैलीमा गरिएका क्रियाकलाप सैह्य नहुने चेतावनी दिनुभएको छ । कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको ‘म्यान्डेट’लाई दुईतिहाइको शक्तिशाली सरकारले सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । लोकतन्त्र र संघीय संरचनालाई संस्थागत गर्न आवश्यक पर्ने कानुन पनि सरकारले निर्माण गर्न नसकेको नेता सिंहको भनाई थियो ।

दुई दिनसम्म चल्ने स्थानीय तहको भेलामा देशभरका कांग्रेस आवद्ध ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू