अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

पूर्वमन्त्री गोविन्दराज जोशीको फाइल अख्तियारबाटै ‘गायव’

बिआरटीनेपाल २०७६ असार ७ गते ९:१७ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट नै पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फायल ‘गायव’ भएको छ । पदमा रहँदा ‘अकुत सम्पत्ति’ कमाएको मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण अख्तियारले सर्वोच्च अदालतलाई दिएको हो । अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा फाइल भेट्टाउन नसकिएको जवाफ दिनुभएको हो ।

न्यौपानेका अनुसार फाइल खोजीका लागि अख्तियारले विशेष समिति गठन गरेको भएपनि फाइल फेला नपरेको उल्लेख छ । सर्वोच्चले गत जेठ २३ गते जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा निर्णय फाइल नपठाएर अख्तियारले असहयोग गरेको निष्कर्ष निकालेको छ ।

सर्वोच्चले अख्तियारका जिम्मेवार पदाधिकारीलाई सजाय र कारबाहीको चेतावनी समेत दिएपछि सचिव आफैं उपस्थित भएर जवाफ पेश गर्नुभएको हो । जोशीविरुद्ध अख्तियारले गरेको पुनरावेदनमा भएको आदेशअनुरूप चौथो पटकसम्म पनि अख्तियारले निर्णय फाइल उपलब्ध गराउन नसकेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू