अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

धादिङमा जीप दुर्घटना – कम्तीमा ५ जनाको मृत्यु, १० जना घाईते

बिआरटीनेपाल २०७६ असार ६ गते २:३१ मा प्रकाशित

धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाँउमा जीप दुर्घटना हुँदा कम्तीमा ५ जनाको ज्यान गएको छ । गल्छी गाँउपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेल रहेका छन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो भने २१ वर्षीया समिक्षा अधिकारीको उपचारका लागि लगिदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य १० जना घाईते भएका छन् ।घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाइएको छ । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप माथिल्लो सडकबाट पल्टेर तल्लो सडक सम्म आइपुगेको स्थानीयबासिन्दाहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू