अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१
| Colorodo: 10:46
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु १ज ७१६६ नम्बरको यात्रुवाहक जीप कर्णाली नदीमा खस्दा १० जना बेपत्ता भएका छन् । मंगलवार अपराह्न भएको दुर्घटनामा परी बेपत्ता हुने हरुमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु शाही हमाल, उहाँका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको छ ।
यसैगरी खार्पुनाथ गाउँपालिका–१ काकौर कामी र उहाँका दुई वर्षको बालकसमेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत वेपत्ता भएको तर उनको परिचय खुल्न सकेको छैन । वेपत्ता जीप तथा त्यसमा रहेका यात्रुहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उद्धार कार्यको लागि नेपाली सेनाको एक टोली खटिएको छ ।