अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४३ | Colorodo: 00:58

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, बैठक स्थगित

बिआरटीनेपाल २०७६ असार ३ गते ९:३२ मा प्रकाशित

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् । नाराबाजीका कारण बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलको नेतालाई पहिला बोल्न दिनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले नारावाजी गरेका हुन् । नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्न पाउनुभएन ।

बैठकलाई सम्बोधन गर्नका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीका कारण सम्बोधन गर्न नपाउनुभएको हो । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्नका लागि समय दिने आश्वासन दिए पनि कांग्रेस सांसदहरु बैठक कक्षको अगाडि पुगेर नाराबाजीमा उत्रिएका थिए । सभामुख महराले पटक पटक बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक स्थगित गरिएको हो ।

बैठकअघि पनि महराले सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग बैठकको कार्यसूचीका बारेमा छलफल गर्नुभएको थियो । छलफल निश्कर्षमा पुग्न नसके पनि उहाँले बैठक आरम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू