अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

ओली सरकार आफ्नै कारणले ढल्छ – सभापति देउवा

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:३० मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने भविष्यवाणी गर्नुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार धनगढी पुग्नुभएका देउवाले सरकार गठनको एक वर्षसम्म पनि कुनै काम नभएको भन्दै सरकार आफ्नै कारणले विघटन हुने ठोकुवा गर्नुभएको हो ।

प्रेस युनियन कैलाली शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार गठन भएपछि मुलुकमा हत्या हिंसामा वृद्धि भएको आरोप लगाउनुभयो । सरकारकै नीतिका कारण सुदूरपश्चिम विश्वविद्यालय फस्टाउन नसकेको देउवाको आरोप थियो ।

शनिबार धनगगढी पुग्नुभएका देउवा आइतबारसम्म आधा दर्जन राजनीतिक कार्यक्रममा सहभागी हुनुभएको छ । सो अवसरमा सभापति देउवाले नयाँ वर्षको अवसरमा देश र जनताको समृद्धिका लागि शुभकामना पनि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू