अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

अस्तित्वको लडाइँ

बालकृष्ण गजुरेल २०७५ चैत ३ गते २१:०७ मा प्रकाशित

लघुकथा

रामु काका गाउँका भद्र मान्छे । सहयोग नगरेका व्यक्ति ने भेटिएला खोज्दा । अरूको उद्धारमा जिन्दगी बन्धकी राखे , आफुले कष्ट अँगाली ।

मान्छे हो मर्नु पर्ने । समयान्तरमा उनको मृत्यु भयो । पूरा गाउँले खनिए मलामी । संयोगवश त्यही घाटमा एक भ्रष्ट नेताको लास पनि जलाइरहेको थियो । रामु काकाका मलामीमा भिन्न चिन्ता थियो । गुमाउन परेकोमा दुखेसो थियो । भ्रष्ट नेताको मलामी करकापले आएका थिए । मलामी बराबर पचास बिस । दुवै तर्फका मलामीलाई रामु काकाको अस्तित्व खड्कियो ।