अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

नख्खु विस्फोटमा विप्लव पक्षको संलग्नता रहेको गृहमन्त्री थापाद्धारा जानकारी

बिआरटीनेपाल २०७५ फागुन १२ गते ८:३३ मा प्रकाशित

 

गृहमन्त्री रामबहादुर थापाले एक जनाको मृत्यु हुने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले समानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव पक्षको घटनामा संलग्नता रहेको जानकारी गराउनुभएको हो ।

सरकारले प्राप्त गरेको विप्लव पक्षको पछिल्लो बैठकको निर्णयले पनि त्यही देखाउने भन्दै उहाँले कसैले जिम्मेवारी नलिएपनि वशेष गरेर यस्ता घटना नेकपा विप्लव पक्षले गराउँदै आएको तर्क गर्नुभयो । उहाँका अनुसार २१ वटा जिम्मामा एनसेलको टावरमा आगजनीको प्रयास भएको छ । प्रदेश १ बाहेक सबै प्रदेशमा आगजनीको घटना भएको र यो विप्लव पक्षको केन्द्रीय योजनाअनुसार नै भएको पाइएको गृहमन्त्रीले बताउनुभयो ।

विप्लव पक्षको योजना समानान्तर सरकार चलाउने भएको तर, अहिले लगानी सम्मेलनलाई लक्षित गरेको उहाँले बताउनुभयो । उहाँले विगतमा कतिपय अवस्थामा उन्मुत्ति दिँदा संविधान विरोधी तत्व हौसिएको उहाँको भनाइ छ । गृहमन्त्री थापाले शान्ति सुरक्षा सुदृढ गर्न ठोस कार्ययोजना बनाउने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू