अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

प्रधानमन्त्री ओलीले बेईमानी गरे– डा. गोविन्द केसी

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:४७ मा प्रकाशित

अनशनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमतिअनुसार व्यवस्था हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेईमानी गरेको बताउनुभएको छ । विगत १२ दिनदेखि अनसनरत केसीले माग पूरा नहुञ्जेल सत्याग्रह जारी रहने पनि बताउनुभयो ।

आइतबार आइसियूबाट वार्डमा सारिएपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले आफूलाई मात्र नभएर ३ करोड नेपाली जनतालाई धोका दिएको डा. केसीको जिकिर रहेको छ । शीर्षस्थ नेताहरूले लुटेको कालो धन सेतो गर्नलाई ३ करोड जनतालाई धोका दिएको केसीको आरोप थियो ।

यसैवीच, डा. केसीले पछिल्लो पटक आफ्नो अर्को माग पनि अगाडि सार्नुभएको छ । उहाँले द्वन्द्वकालमा मानवता विरोधी अपराध गर्नेलाई अन्तर्रा्ष्ट्रिय कानुनअनुसार कारबाही हुनुपर्ने माग अगाडि सार्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू