अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

टिचिङ अस्पतालमा परस्पर विरोधी अनशनकर्ता भर्ना – केसी आईसीयूमा, थापा इमरजेन्सीमा

बिआरटीनेपाल २०७५ माघ ४ गते ३:४५ मा प्रकाशित

चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा माग राख्दै इलाममा अनशनरत डा.गोविन्द केसी र विद्यार्थी विजय थापाको स्वास्थ्य अवस्था थप चिन्ताजनक भएपछि दुवैलाई काठमााडौं ल्याइएको छ । शुक्रबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवैजनाई काठमाडौं ल्याइएको हो ।
अहिले दुबैजनाको त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी र आईसीयू कक्षमा उपचार भइरहेको छ । डा.केसीलाई अस्पतालको आईसीयू कक्षमा भर्ना गरिएको छ भने थापालाई इमरजेन्सीमा भर्ना गरिएको छ । उनीहरु दुबैजनालाई भेट्न दिइएको छैन । अस्पताल परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । डा.केसीलाई शुक्रबार बिहान नेपाली कांग्रेसका युवा नेता गगन थापाले भेट गर्नुभएको छ । भेटबारे थापाले कुनै प्रतिक्रिया भने दिनुभएको छैन ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसीले इलाममा १६ औं अनसन थाल्नुभएको थियो । अनसन थालेलगत्तै उहाको को स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाका एमआई १७ नाइटभिजने हेलिकोप्टरमार्फत उनलाई शुक्रबार बिहान ३ बजे झापाको भद्रपुर हुँदै काठमाडौं ल्याइएको थियो ।

त्यस्तै चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि थापाले आमरण अनशन शुरु गर्नुभएको थियो । थापाले डा.केसीको मागका विरुद्ध खुलेआम अनसन सुरु गरेपछि सबैको चासोका विषय बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू