अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

वाइड बडी प्रकरणमा मुछिएकाहरूलाई सरकारले तत्काल कारबाही नगर्ने

बिआरटीनेपाल २०७५ पुष २६ गते ८:३७ मा प्रकाशित

सरकारले वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएकाहरूलाई तत्काल कारबाही नगर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बाँस्कोटाले वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका मन्त्री तथा कर्मचारीहरूलाई तत्काल कारबाही नगर्ने बताउनुभएको हो ।

उहाँले सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन आएपछि मात्रै सो प्रकरणमा दोषी देखिएकाहरूमाथि कारबाही हुने पनि स्पष्ट पार्नुभयो । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मनत्री बास्कोटाले संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको निर्णयको हेक्का राखेरै सरकारले सो प्रकरणका सम्बन्धमा छानबिन गर्न आयोग नै गठन गरेको पनि स्पष्ट पार्नुभयो ।

यथार्थ विवरण नआई वाइड बडी विमान खरिद प्रकरणमा दोषी देखिएकामाथि कारबाही गर्न हतारो हुने सञ्चारमन्त्री बाँस्कोटाको भनाइ थियो । मन्त्री बाँस्कोटाले सरकार सो प्रकरणको ढाकछोप गर्न नलागेको पनि पटक–पटक दोर्होयाउनुभयो ।

संघीय संसदको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिदमा मुख्य दोषी देखिएको भन्दै नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गर्न र बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पनि संलग्नता रहेको भन्दै कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू