अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१ | Colorodo: 15:16

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्धा दायर

बिआरटीनेपाल २०७५ पुष २३ गते ८:१५ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । १८ करोड ६६ लाख ५ हजार बिगो दावीसहित अख्तियारले विशेष अदालतमा आज मुद्धा दायर गरेको हो ।

खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीका सम्बन्धमा गरिएको अनुसन्धान गर्दा भ्रष्टाचार गरेको देखिएकाले आवश्यक कारबाहीका लागि मुद्धा दायर गरिएको आयोगकका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।
सार्वजनिक सेवा प्रवेश गरेपश्चात खड्काले अहिलेसम्म आर्जन गरेको समग्र आय र व्ययको विश्लेषण गर्दा भ्रष्टाचार भएको देखिएको अख्तियारले जनाएको छ । खड्काले सार्वजनिक सेवा प्रवेश गरेपछि अहिलेसम्म ८ करोड ६४ लाख आय आर्जन गरेको देखिएको र २७ करोड ३० लाख रुपैयाँ खड्काको खर्च तथा लगानी देखिएको आरोप पत्रमा उल्लेख छ ।

१८ करोड ६६ लाख ५ हजार रुपैयाँको स्रोत नखुलेकाले उक्त रकम जफत गर्न विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ । त्यस्तै खड्काले आर्जन गरेको गैरकानुनी सम्पत्तिमध्ये तेह्रथुमको बुढानिलकण्ठ –४, कि अमिता लामा सोदेम्बा र खड्काकी श्रीमती शर्मिला खड्काको नाममा रहेको चल अचल सम्पत्ति समेत जफत गर्नुपर्ने दायर गरिएको मुद्धामा उल्लेख छ ।

साथै काठमाडौंका विभिन्न स्थानमा बनेका घर जग्गा खरिद गरेका जग्गा तथा विभिन्न बैंकमा रहेको रकम समेत जफत गरेर असुल उपर गर्नुपर्ने देखिएको अख्तियारले अदालतमा जाहेर गरेको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू