अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५ | Colorodo: 15:50

नेपाली गीत सङ्गीत र भुटानी कलालाई अन्तराष्ट्रीयकरण गराउने प्रयास: किरण रसाइली

बिआरटीनेपाल २०७५ पुष २१ गते १४:०७ मा प्रकाशित

सायदै कम नेपाली भाषी भुटानीलाई थाह नभएको नाम हो किरण । किरण रसाइली नेपाली भाषी भुटानीहरूका पहिला सङ्गीत शिक्षक हुनका साथै बहुप्रतिभाशाली सङ्गीतकार पनि हुनुहुन्छ । वहाँको सङ्गीत सिर्जनामा हामीले आफ्नोपन, आधुनिकताका साथ साथै गितसगँ जिउन सिक्ने कला पाइन्छ । किरणले त्यो शरणार्थी अवस्थामै हुँदा भुटानी शरणार्थी र शरणार्थी प्रभावित श्रेत्रमा सन् १९९५ देखिनै सङ्गीत सिकाउँदै आएको सर्वविधितै छ जनमानसमा ।

किरणको जन्म भुटानको चिराँगमा भएको हो भने सन् १९९० मा शरणार्थी शिविरको टिमाइमा कष्टकार जीवन यापन गर्नुभएको छ । त्यो कठिन परिस्थितिमा पनि किरणले सन् ११९५मा पहिले भुटानी शरणार्थी साङ्गीतिक समूह Euphoria (94) मार्फत सबै शरणार्थी शिविरमा बढेँ । त्यो Euphoria (94) को प्रस्तसतिले सबै युवाहरूलाई प्रेरित गर्‍यौ । सन् २००६ मा किरणले RIFF सङ्गीत विद्यालय स्थापन गरेर औपचारिक रुपममा नेपालमै पहिलो चोटि ABRSM LONDON को सङ्गीत पाठ्यक्रम गराएको इतिहास छ ।

किरणले साङ्गीतिक यात्रा दाजीलिंगबाट सुरु गरेका हुन् । त्यस पछाडि वहाँले LONON, Barklee USA र CQU Australia बाट विभिन्न सङ्गीत विषयमा डिप्लोमा र डिग्री हासिल गरी सकेका छन् । त्यति मात्रै नभएर किरणले उत्कृष्ट्र सङ्गीत साधक Stephen Wilhoit, Jose Antonio र Elena बाट पनि सङ्गीत सिकेका छन् ।

त्यसो त नेपाली भाषी भूटानीहरुद्धारा प्रकाशन भएका एलबम, र अन्य गीति एल्बमहरुमा आफ्नो सङ्गीत दिइसक्नु भएको छ । एउटा जीवन्त कला सङ्गीत मार्फत पनि सिक्न सकिन्छ । यति मात्र होइन, भुटानी गायक किशोर सिवाकोटीको पहिलो एलबम “भूगोल” देखि लिएर नेपालका चर्चित गायक शिव परियारले गाऐको “आमा” र आदहरणीय दीप श्रेष्ठले “सपना”मा किरणको उत्कृष्ट अद्तिय आधुनिक सङ्गीत सिर्जना भएको पाइन्छ ।

२०१० मा किरण पूर्नवाश भएपछि अस्टे्रलियमा बसोबास गर्दै आएका छन् । र हालैमा SUB का पूर्व युवा नेता, समाज सेवी मुक्तिराज गुरुङ को नेपाली शब्दमा किरणले नेपाली सङ्गीत इतिहासकै पहिलो फ्युजन सङ्गीत ए योद्धा हो(O Warriors !) सिर्जना गरेका छन् । यो सङ्गीतमा अस्टेलियाबाट विश्वमै नाम चलाएका सङ्गीत साधक साथै अमेरिका र दाजिलिंगका उत्कृष्ट सङ्गीतकर्मीहरूको सहभागिता रहेको छ ।

ए योद्धा हो(O Warriors !) लाई सुन्नका लागि विश्व बजारमा चलिआएका Itune, Spotify,Googleplay, Applemusic लगायत विभिन्न डिजिटल मध्यमार्फत डाउलोड गरी किन्न सकिन्छ । र यस गीतलाई APRA AMCOS मा दर्ता समेत गरिएको छ । गीतमा नेपाली पराम्परीक बाजा बाँसुरीका साथ गीतलाई सुन्दर तरिकाले सजाएको पाइन्छ । साथै अस्टेलियका नामी कलाकर्मीको मिठो बाजाबाट गीतलाई अति मनोरञ्चक बनाएको छ । सुन्दैन आर्चय लाग्न सक्छ । कतै एउटा सुन्दर कथामा चलचित्रको भावसँग गीत गुञ्जिरहेको पाइन्छ ।

थप गीत सम्बन्धी अर्जुन प्रधानले सङ्गीतकार किरणसँग गरिएको अन्तर्वार्ता ।

तपाईँको सङ्गीतमा रहेको यस गीत दर्शक श्रोताहरूले किन सुन्नु पर्छ जस्तो लाग्छ हजुरलाई ?
यो सङ्गीत नेपाली सङ्गीत इतिहासमा पहिलो चोटि अन्तर्राष्ट्रिय सङ्गीत बजारमा प्रतिस्पर्धा गर्न सक्ने स्तरको बनाइएको छ । र मुक्ति गुरुङ को नेपाली शब्द रचनाले सबै श्रोताहरूको मन छुन्छ । यो एउटा यस्तो सङ्गीत हो जुन सङ्गीतमा विशिष्टता,आधुनिकता र नेपालीको मौलिकता झल्काइएको छ । त्यसैले सबै ले एकचोटी सुनेर साथ दिए ,सायद नेपाली सङ्गीतलाई पनि अन्तर्राष्ट्रिय प्लेटफर्म सम्म पुर्‍याउन सकिन्छ भन्ने सपना देखेको छु ।

तपाईँको उद्देश्य के छ? र कसरी यस गीतले विश्वव्यापी कायम गर्ने सक्छ जस्तो लाग्छ ?
म सङ्गीतलाई पूजा गर्ने एउटा सङ्गीत साधक हुँ । मैले सङ्गीतलाई पैसा को रूपमा कैले पनि हेरिन तर सङ्गीत मार्फत विश्वमा नेपालीको एउटा छुटै परिचय दिने सपना चाही बोकेको छु र नेपाली सङ्गीतलाई विश्वव्यापी गराउने मैले मेरो साङ्गीतिक यात्रा को एउटा ठुलो लक्क्ष् बोकेको छु । त्यसैले यो मेरो लक्ष्य र सपनाको पहिलो रिलिज हो ।

मुख्य तय, यस गीत र सङ्गीत भित्रको सन्देश चाहिँ के छ ?
छोटकरीमा भन्नु पर्दा यो गीत को मुख्य विषय व्यक्तिगत आत्मसम्मानलाई बढाउने हो भने सङ्गीत र सङ्गीत संयोजनले अनेकतामा एकता को सन्देश बोकेको छ ।

नेपाली गीत सङ्गीतलाई नौलो रूपमा रक वर्ड फ्युजनको उपमा दिँदै अन्त राष्ट्रियकरण गर्दै हुनुहुन्छ नि ? कतिको खुसी हुनुहुन्छ तपाईँ ?
यस आधुनिक ग्लोबल गाउँमा नेपाली सङ्गीतलाई व्यापक श्रोताहरूमा पुग्नको लागि आफ्नो पारंपरिक शैली बाहिर आउन आवश्यक छ । मैले त यो फ्युजन सङ्गीत मार्फत नेपाली दौरा सुरुवाल माथि पश्चिमी कोट लगाइदिएको मात्रै हो । अनि विभिन्न उत्कृष्ट सङ्गीत साधक सँग काम गरेर नेपाली सङ्गीत पनि मिठो हुँदो रहेछ र नेपालीहरू पनि वीर, बहादुर र कान्छा मात्रै नभएर प्रतिभाशाली पनि हुन्छन् भन्ने परिचय दिन खोजेको । खुसी लाग्छ म एउटा नेपाली भासी भुटानी भएर पनि अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित भएका सङ्गीत साधकहरूसँग आफ्नो नेपाली गीत सङ्गीत रेकर्ड गर्न सफल भए ।

यस गीत कसले लेखेका हुन ? र गीतमा के कस्ता बाजाको प्रयोग गरिएको छ ?
अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका मुक्ति गुरुङले सम्पूर्ण नेपालीहरूलाई समर्पित गरेर लेखेको कविता “ए योद्धा हो “मा मेरो मास्टरपीस सङ्गीतले सम्पूर्ण नेपालीको गौरव बढाएको छ । यो सङ्गीतमा मैले अमेरिका र अस्ट्रेलियाका विश्व प्रख्यात सङ्गीत साधकहरूसँग सँगै दार्जिलिङका उत्कृष्ट सङ्गीतकर्मीलाई पनि समावेश गरेको छु ।

यो सङ्गीतमा मैले नेपाली लोक बाजा जस्तै मादल, बासुरीलाइ पनि समावेश गरेर आफ्नो मौलिकता झल्काएको छु । तेती मात्रै न भएर यो सङ्गीत मा ऐले को अति आधुनिक बाजा सँगसँगै पूर्व को लोक प्रिय बाजा हार्मोनियम, तबला, बुद्धिस्ट को तिन्ग्सा अनि चिनेसे को तम तम समेत संयोजन गरेको छु ।

गीतलाई सुन्न र किन्नका लागि के गर्नुपर्छ होला ? र कहाँ कहाँ पाइन्छ?
यो सङ्गीत अद्वितीय आधुनिक नेपाली सङ्गीत हो । यो गीत अन्लाईन डिजिटल रिलिज हुने छ । यो हलमा डिजिटल अडियो डाउनलोडको लागि मात्रै उपलब्ध हुनेछ । दोस्रो चरण भने युट्युब हुने छ । यो गीत प्राय सबै digital streaming sites मा गएर सुन्न सकिन्छ जस्तै iTunes,  AppleMusic Spotify, Google Play.

कसरी तपाईँको शुभचिन्तकहरूलाई यस गीत उपलब्ध गराउन सकिन्छ ?
यो गीतको डाउनलोड लिन्क मेरो इन्स्तग्रम फेसबुक र लिन्केडिनमा राख्ने छु । श्रोतहरूले  music.bhutan @ gmail.com मार्फत मलाई व्यक्तिगत इमेल पठाएर पनि डाउनलोड लिन्क माग्न सक्नु हुने छ ।

कहिले यस गीतको विमोचन गर्दै हुनुहुन्छ त ? र थप केही बताउनुहुन्छ की ?
यो गीत यही January १८ मा इन्टरनेट बजारमा उपलब्ध हुने छ । हजुरहरू सबैले Download गरेर सुनी दिनु भए यो सङ्गीतलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली को परिचय दिन सकिन्छ । यो सङ्गीत मार्फत नेपाली सङ्गीत पनि त्यतिकै उतक्रिस्ट हुन्छ भनेर विश्वलाई चिनाउने मेरो एउटा सानो प्रयास लाई हज्रुहरु सबैले साथ दिनु हुन्छ भन्ने पुरा आशा अनि विश्वास राखेको छु ।

अन्तमा,
मलाई यो अवसर दिएकोमा म बिआरटी नेपाल डट कम प्रती आभार व्यक्त गर्दछु । यो मिडिया मार्फत दर्शक अनि पाठकहरू सम्म पुर्‍याई दिनु हुने पत्रकार अर्जुन प्रधानलाई मुरी मुरी धन्यवाद टक्राउन चाहन्छु ।

सोधेको प्रश्नको उत्तर दिँदै किरण भन्छन् “यो मेरो नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने एउटा सानो प्रयास हो । साथ साथै अन्तर्राष्ट्रिय सङ्गीत बजारमा भुटानी कलाकारको परिचय दिने प्रयास पनि हो ।” 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू