अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

पोर्चुगलमा संयुक्त शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बाइ. बि. गुरुङ २०७५ पुष १९ गते १९:४४ मा प्रकाशित

पोर्चुगल, आदिवासी जनजाति महासङ्घ,पोर्चुगलद्धारा नेपालका विविध राष्ट्रिय चाडहरू उधौली, योमरी पूजा,तमु फोल्होसार,सोनाम ल्होसार,ग्याल्बो ल्होसार तथा माघे सक राति तथा माघीको अवसर पारेर अङगे्रजी नयाँ वर्षको दिन एक बृहत् शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोर्चुगलको नेपाली डायस्पोरामा क्रियाशील विविध जातीय सङ्घ संस्था तथा राजनीतिक भातृ सङ्गठनका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

आदिवासी जनजाति महासङ्घ,पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त शुभकामना आदान प्रदान कार्यक्रममा महासङ्घको तर्फबाट प्रथम उपाध्यक्ष हेम गुरुङले स्वागत मन्ब्य राख्दै औपचारिक रूपमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि पोर्चुगलका लागि पहिलो नेपाली पर्यटन दूत तथा आदिवासी जनजाति महासङ्घ,पोर्चुगलका पूर्व संरक्षक रमेश कुमार गुरुङ, गैर आवासीय नेपाली सङ्घ,पोर्चुगलका संरक्षक परिषद्का सदस्य रोवर्ट लिम्बु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास),पोर्चुगलका अध्यक्ष बाइ. बि. गुरुङ, गैर आवासीय नेपाली सङ्घ,पोर्चुगलका उपाध्यक्ष नारायणकाजी थापा मगर, नेपाल पत्रकार महासङ्घ, युरोप शाखाका महासचिव तथा आदिवासी जनजाति महासङ्घ, पोर्चुगलका पूर्व महासचिव योगेन्द्र मिलन छन्त्याल, सङ्घीय समाजवादी फोरम नेपाल पार्टीका पोर्चुगल अध्यक्ष सोम फुरी शेर्पा, नयाँ शक्ति नेपाल पार्टीका पोर्चुगल अध्यक्ष धनराज शेर्पा, मगर समाज,पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगर, तमु समाज, पोर्चुगलका अध्यक्ष प्रितम गुरुङ, किराँत याक्थुङ्ग पोर्चुगलका अध्यक्ष दीपा लिम्बु, शेर्पा सोसाइटी युरोपका महासचिव तथा पत्रकार महासङ्घ युरोप शाखाका सदस्य पेम्वा गेल्वु शेर्पा लगायतका वक्ताहरूले शुभकामना मन्वब्य राखेका थिए ।

आदिवासी जनजाति महासङ्घ,पोर्चुगलले नेपालका विविध राष्ट्रिय चाडपर्वहरूको अवसर पारेर पहिलो पटक आयोजना गरेको संयुक्त शुभकामना आदान प्रदान कार्यक्रमको सबैले खुलेर प्रशंसा गरेका थिए भने प्रवासमा क्रियाशील गैर आवासीय नेपाली सङ्घहरूलाई सबै नेपालीहरूको साझा तथा छाता सङ्गठनको रूपमा विकास गर्नका लागि यस्ता किसिमका कार्यक्रमहरू एनआरएनले पनि गर्नु पर्नेमा सबैले जोड दिएका थिए ।

कार्यक्रमको पहिलो औपचारिक शुभकामना आधा प्रदान कार्यक्रमको समापन गर्दै आदिवासी जनजाति महासङ्घ,पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले उपस्थित सबैलाई धन्यवाद दिँदै महासङ्घको आगामी पाँचौँ अधिवेशनका बारेमा सबै आदिवासी अग्रज तथा अभियन्ताहरूले आ-आफ्नो सकारात्मक सल्लाह र सुझाव दिन अनुरोध गर्दै पहिलो चरणको औपचारिक कार्यक्रम समापन भएको थियो । कार्यक्रम महासङ्घका महासचिव मदन लिम्बुले सञ्चालन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा पोर्चुगलमा बसोबास गर्ने कलाकारहरू सुवास पुन मगर, तेज गाहा मगर , इमान सिंह मगर लगायतका कलाकारहरूको साङ्गीतिक रौनकले कार्यक्रम निक्कै भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो । कार्यक्रम लिस्वोन स्थित रहेको स्वयम्भू रेष्टुरेण्टमा भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू