अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

पोखरेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु

बिआरटीनेपाल २०७५ पुष १६ गते ८:३० मा प्रकाशित

पोखरेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु भएको छ । बिगत ४ बर्ष देखि पोल्यान्डको वार्सामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गर्नुभएका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । चार दिन पछि उहाँको शव भेटिएको हो ।

साथीहरु संग क्रिसमस मनाउन बाहिर निस्किने भने पनि म पछि आउछु भन्दै आफ्नै कोठामा बसेका श्रेष्ठ त्यस पछि सम्पर्कविहीन बन्नुभएको थियो । चार दिन पछि पोल्यान्डका अखबारमा एसियन नागरिकको मृत्युु भन्ने खबर छापिए पछि नेपालीहरुले मृतक ईश्वर श्रेष्ठ भएको पुष्टि गरेका थिए ।

मृत्यु बारेमा नेपाली राजदुतावास जर्मनमा औपचारिक जानकारी दिएको र सम्बन्धित निकायमा खबर पठाएको एनआरएन पोल्यान्ड सस्थापक अध्यक्ष डा बोधराज सुबेदीले जानकारी दिनुभएको छ ।

ईश्वर श्रेष्ठ (इशु) गायक हुनुहुन्छ । उहाँ थ्रर्ड आइ व्याण्डका बोकलिस्ट हुनुहुन्थ्यो । पोखरा रहँदा श्रेष्ठले पोखराका विभिन्न रेष्टुरेन्टमा गित गाउने गर्नुहुन्थ्यो । श्रेष्ठका झिलिमिलि पोखरा, नेपाल बन्द छ लगायतका गीतहरु चर्चित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू