अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

पार्टीमा अझै उन्नतस्तरको एकताका लागि बलियो आधार तयार – नेकपा अध्यक्ष ओली

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:२२ मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी्भित्र अझै उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको बताउनु भएको छ । स्थायी कमिटीको जारी आजको बैठकमा राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सोकुरा बताउनु भएको हो ।

आजको बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन उपरको छलफलमा बैठकमा ब्यक्त बिचारहरुका सम्बन्धमा जवाफ दिनुभयो, उहाँले बैठकमा भएका छलफलले अझै उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको उल्लेख गर्नुभयो ।

‘स्थायी कमिटी बैठकमा भएको छलफलले अझै उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको छ,’ बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो । गत मंसिर २९ गतेदेखि जारी बैठकमा आज ओलीले जवाफ दिनुभएको हो । ‘आजको बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन उपरको छलफलमा बैठकमा ब्यक्त बिचारहरुका सम्बन्धमा जवाफ दिनुभयो, उहाँले बैठकमा भएका छलफलले अझै उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको उल्लेख गर्नुभयो,’ बैठकपछि महासचिव बिष्णु पौडेलले भन्नुभयो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार अध्यक्ष ओलीले प्रतिवेदनको स्पष्टिकरण सहित आफ्ना भनाई राख्नु भयो । उहाँका अनुसार अध्यक्ष ओलीले पार्टी एकता ऐतिहासिक गौरवको विषय भएको र त्यसलाई सुदृढ गरी अगाडी बढ्ने प्रतिवद्धताका साथ अपिल गर्नुभएको छ ।

‘पार्टी र सरकारले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय हित र स्वाभिमानलाई कुनै हालतमा नछोड्ने, दृढतापूवर्क प्रक्रने र त्यसैलाई केन्द्रविन्दुमा राखेर काम गर्ने कुरा भन्नुभएको छ । लोकतन्त्रलाई नेपालको सन्दर्भमा विस्तृत ढंगले स्थापित गरिएको छ । त्यो लोकतान्त्रिक अभ्यासलाई ढदृतापूर्वक अगाडी बढाउने, सामाजिक सुरक्षा, सुशासन र सुरक्षा अगाडी बढाउने कुरा पनि राख्नुभयो,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

यसैगरी उहाँले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा दृढतापूर्वक आफु र सरकारले लाग्ने बताउनु भयो । श्रेष्ठका अनुसार अध्यक्ष ओलीले सांगठनिक एकिकरणका सबैकामहरु पुष मसान्तभित्र सक्ने गरी योजना बनाउन र त्यसका निम्ती आवश्यक गृहकार्य गर्ने प्रक्रियाको प्रस्ताव गर्नुभएको छ । बैठक भोली विहान पुन ८ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू