अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५
| Colorodo: 06:10
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय का सह–सचिव डा. तारानाथ पौडेल एक लाख रुपैयाँ घुससहित पोखराबाट पक्राउ पर्नुभएको छ । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार सहसचिव डा. तारानाथ पौडेललाई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ गरिएको हो ।
स्वास्थ्य सेवा निर्देशनालय अन्तरगत क्षेत्रीय कार्यालय पोखरामा कार्यरत डा. पौडेललाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको दंगालले जानकारी दिनुभयो । दंगालका अनुसार पौडेलले एकजना युवालाई लोकसेवा आयोगामा जागिर लगाइदिने आश्वासन देखाएर घुस लिएको खुलेको छ । पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशक हुनुहुन्थ्यो ।