अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

कांग्रेसको प्रस्तावित विधान मस्यौदामाथिको छलफल सुरु

बिआरटीनेपाल २०७५ मंसिर १३ गते ८:३६ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकमा प्रस्तावित विधान मस्यौदामाथि आजबाट छलफल सुरु भएको छ । विधानमाथि छलफल गर्न काँग्रेसले बोलाएको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा ५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
विधान मस्यौदा छलफलका लागि पार्टी कार्यालय सानेपामा बसेको पहिलो दिनको बैठकमा विधान संशोधन मस्यौदामा केन्द्रित रहेर केन्द्रीय सदस्य डा.रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

छलफलमा केन्द्रीय सदस्य पौडेल र जोशीले विधानमा देखिएको असहमतिका विषयबारे व्याख्या गर्नुभएको थियो । समितिको अर्को बैठक भोली बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू