अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

इजरायली सैनिकसँगको झडपमा १ सय प्यालेस्टायनी घाइते

बिआरटीनेपाल २०७५ मंसिर ८ गते ८:२९ मा प्रकाशित

प्यालेस्टायनी प्रदर्शनकारी र इजरायली सैनिकका बीचमा भएको झडपमा परी झण्डै १ सय जना भन्दा वढी प्यालेस्टायनी घाइते भएका छन् । दुई देशको सिमानामा पर्ने पूर्वी गाजा क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको समाचारमा जनाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले झडपमा परी झण्डै १ सय जना भन्दा वढी घाइते भएको बताउनुभयो ।

इजरायली सैनिकको गोली लागी घाइते भएका मध्ये एक जना बच्चासहित १४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । साप्ताहिक ¥याली निकाल्ने क्रममा झण्डप भएको अधिकारीहरुले बताएका छन् । यो र्याली सहितको प्रदर्शन ३५ औ पटक भएको हो । गाजामा भइरहेको र्याली र प्रदर्शनलाई आन्दोलनकारीहरुले “द ग्रेट मार्च अफ रिटर्न” नाम दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू