अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

राजपामा विवाद चुलियो, महन्थलाई हटाएर राजेन्द्र महतो संयोजक बने

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ७:४४ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विवाद चुलिएको छ । आज बसेकको बैठकले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।

मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ । पार्टी एकीकरण भएको एक वर्ष पुगेसँगै संयोजकमा ठाकुरलाई हटाएर महतो संयोजक बनेका हुन् ।

बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको छ र त्यसयता भएका सबै मनोनयन रद्द गर्ने निर्णय गरेको छ । ठाकुरले गरेका निर्णयसमेत अब मान्य नहुनेगरि निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू