अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

अमेरिकाको कोलोराडोमा छक्का पन्जा-३ हाउस फुल, दोस्रो सो हुने सम्भावना

बिआरटीनेपाल २०७५ मंसिर ३ गते १६:५९ मा प्रकाशित

यति बेला नेपाली सिने नगरीमा चलचित्र छक्का पन्जा ३ ले एक पछि अर्को रेकर्ड बनाउँदै गइरहेको छ । नेपालमा मात्र नभई विदेशमा पनि चलचित्र छक्का पन्जा ३ को माग बढेको छ । अमेरिकालाई नेपाली चलचित्रको सबै भन्दा ठुलो विदेशी बजार भनेर चिनिन्छ । अमेरिकामा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ । 

हिजो आइतबार कोलोराडोमा पनि छक्का पन्जा ३ को प्रदर्शन भव्य रूपमा सम्पन्न भएको छ । चलचित्र हेर्न आउनेले छक्का पन्जा ३ लाई मन पराएका छन् । कोलोराडोमा यो चलचित्रको अर्को सो देखाउन माग बढी रहेको छ । सम्भवतः अर्को सो हुने सम्भावना छ । हिजो भएको सो हाउस फुल भएको छ ।

अमेरिकाको डालस टेक्ससमा छक्का पन्जा ३ ले लगातार १ महिना चल्ने पहिलो नेपाली चलचित्र बनी नयाँ रेकर्ड बनाएको छ । चलचित्रले हाल सम्म डालसमा मात्रै ६४ सो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भइरहने जानकारी डालसका लागी आधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मसले जनाएको छ ।

दिपाश्री निरौला द्वारा निर्देशित चलचित्र छक्का पन्जा ३ मा दीपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र छक्का पन्जा ३ लाई अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोसेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनीले आधिकारिक रूपमा वितरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू