अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

एनईसीसीले देउसीभैलोबाट एक लाख एक हजार डलर उठायो

विजय थापा २०७५ मंसिर ३ गते १६:३७ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा यमपञ्चक सुरु हुन अगाडि नै देउसी प्रारम्भ गरेको एनईसीसीले देउसी बाट १ लाख १ हजार २ सय ६६ डलर सङ्कलन गरेको छ । मेरिल्याण्ड राज्यमा स्थापित नेपाल सांस्कृतिक तथा शैक्षिक केन्द्र (एनईसीसी)नेपाली पशुपति बुद्ध मन्दिरको पहलमा यस वर्ष देउसी भैलो कार्यक्रमको लागि अग्रिम रूपमा मिति, तिथि, स्थान तथा सहरहरूका नाम सहित सार्वजनिक गरेको थियो ।

स्मरण रहोस् एनईसीसीको १८ औ वार्षिक उत्सवमा कुल आम्दानीको ३२ प्रतिशत आम्दानी देउसी भैलो बाट आय आर्जन भएको प्रतिवेदनमा प्रस्तुत गरेको थियो । एनईसीसीका सभापति खिलेन्द्र न्यौपानेले देउसी भैलोलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेका थिए । एनर्इसीसीले नोभेम्बर ३ देखि नोभेम्बर १८ सम्म सम्म देउसी भैलो खेल्ने तालिका निकालेको थियो भने यस वर्ष ७ दिनमा दुई दर्जन भन्दा ज्यादा स्थानमा खेल्ने भएको जनाएको थियो ।

गत नोभेम्बर १८ तारिख अन्तिम देउसी मेरिल्याण्ड राज्यको गेथर्सबर्गमा खेल्दै करिब १८ हजार डलर उठाएको थियो भने अमेरिकामा जन्मेका दोस्रो पुस्ताले समेतले मन्दिर निर्माण हेतु सहभागिता जनाउँदै आफू सँग सञ्चित पैसा मन्दिर निर्माणको लागी आर्थिक सहयोग गरेका छन् ।

यसको साथै गत नोवेम्बर १७ तारिख नेपा पास पुच अमेरिकाय(एनपीपीए )को ११३९ नेपाल सम्बत भिन्तुना तथा २७ औ वार्षिक समारोहमा एनईसीसी टोलीले खेलेको देउसीमा २७ वर्ष पुगेको संस्थाका पदाधिकारी तथा अन्य शुभ चिन्तकले २७ हजार डलर प्रदान गरेका थिए ।

यस वर्ष देउसी बिदाको दिन मात्र नभएर अन्य कामको दिन समेत देउसी टोलीले खेलेका देउसी खेलेको थियो । गत नोभेम्बर ३ र ४ पछि एकै चोटि नोभेम्बर ८, १० र ११ मा खेलेको थियो । पूर्व सूचना दिएर र अमेरिकाको सबैको कामको व्यस्तता लाई मध्य नजर गर्दै बिदाको दिन साइत मिलाएर भाइ टिका समाप्त भएता पनि गत नोभेम्बर १८ आइतबारलाई यस वर्षको एनईसीसी देउसी कार्यक्रम सफलतापूर्वक समापन गरेको छ ।

यस पटक डिसी महानगर क्षेत्रका वुडब्रिज, मनासस, साउथ राइडिंग, स्यानटीली, हरनडन, सेन्टरभिल, लोर्टन, पशुपति बुद्ध मन्दिर, गेथर्सबर्ग, सिल्भर स्प्रिन्ग्स, चेभी चेज, फ्रेडेरिक, जर्मन टाउन, कोलम्बिया, मोन्टो गोमेरी भिलेज आदि स्थानमा खेलेको थियो । संस्थाका अध्यक्ष खिलेन्द्र न्यौपानेले खुसी व्यक्त गर्दै डिसी क्षेत्रमा २०-२५ हजार नेपालीहरूको बसोबास भएको स्थानमा केवल २०-२५ घर मात्रमा देउसी खेलेर यत्रो रकम मन्दिरको लागि सङ्कलन हुनु ठुलो कुरा हो समापनमा भन्नु भयो । साथै नेपाली समुदायले देखाएको सहयोग ,उत्साह प्रति नमन गर्दै देउसी टोलीलाई विशेष धन्यवाद दिनु भएको छ । एनईसीसीले विगत ४ वर्षदेखि खेल्दै आएको छ ।

भैली अनि देउसी: अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजाको आगमनमा खुसीयाली मनाएका थिए। श्री रामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिकवासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जग मगाएको थियो। मानिसहरूले घर-घरमा, गल्ली-गल्लीमा देव श्री राम (जसको अर्थ हुन्छ: हाम्रा राम देउता हुन्) को नारा लाउँदै घुमेका थिए ।

देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आज पनि नेपालीहरू देउसी खेल्दै हिँड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरू भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्।

प्रतिक्रिया